Skip This
अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली स्वदेश फिर्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Wednesday, 12 August, 2026
रासस काठमाडौँ
२o८o फाल्गुण ११ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १४:२२:oo

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। 

अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ,’ उनले भने, ‘हिजो उनीहरू आफन्तकहाँ गएर बसेका थिए। आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ। उनीहरू के–कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ।’