Skip This
मैवाखोला गाउँपालिका कोशीकै उत्कृष्ट स्थानीय तह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १० बिहीबार १५:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मैवाखोला गाउँपालिका कोशीकै उत्कृष्ट स्थानीय तह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १५:o४:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेशकै उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार मैवाखोला गाउँपालिका कोशी प्रदेशमै पहिलो बनेको हो।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको हो। जसमा कोशी प्रदेशका एक सय ३७ स्थानीय तहमध्ये ४८.३१ अंकसहित मैवाखोला प्रदेशै पहिलो भएको हो।

यसैगरी, पाँचथरको यङ्वरक गाउँपालिका ४८.२६ अंकसहित दोस्रो र भोजपुरको पौवादुङमा गाउँपालिका ४६.८७ अंकसहित तेस्रो भएका छन्।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४६.०३ अंक सहित चौथो, सुनसरीको इनरुवा नगरपालिका ४५.३३ अंकसहित पाँचौँ स्थानमा छन्। इनरुवा नगरपालिका प्रदेशभरका नगरपालिकामध्ये कार्यसम्पादनमा उत्कृष्ट भएको छ।