Skip This
त्रिवि मैदानमा कम योगफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Wednesday, 12 August, 2026
२o८o फाल्गुण ९ बुधबार १२:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिवि मैदानमा कम योगफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार १२:१६:oo

आइसिसी विश्वकप लिग– २ को पहिलो सिरिज भइरहेको त्रिवि मैदानमा कम योगफल खेल भइरहेको छ। अहिलेसम्म लिग– २ मा तीन खेल पूरा भएका छन्।

जसमा कुनै पनि टोलीले दुई सय रनको योगफल कटाएको छैन। नेपालले बुधबार नामिबियाविरुद्ध बनाएको एक सय ६८ रनको योगफल अहिलेसम्मकै सर्वाधिक हो। 

यसअघि पहिलो खेलमा नेपाल एक सय ३२ रनमा नामिबियासँग अलआउट भएको थियो । नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। दोस्रो खेलमा नेपालले सन् २०२३ को एकदिवसीय विश्वकप खेलेको नेदरल्यान्ड्सलाई एक सय ३७ रनमा समेटेको थियो।

नेपालले १५.२ ओभरमा एक विकेटको नोक्सानीमा एक सय ४१ रन बनायो। त्यसपछि सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई एक सय २३ रनमा रोकेको थियो। नेदरल्यान्ड्सले २७.२ ओभरमा तीन विकेट गुमाएर एक सय २४ रन बनाएको थियो।