१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिना र इन्टरपारिसका प्रमुख मफीबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४१:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टरपारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले शिष्टाचार भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका मफीले मंगलबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेट गरेका हुन्।

भेटका अवसरमा तिमिल्सिनाले संसद् जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सके प्रजातन्त्र बलियो हुने बताए। उनले सरकारलाई कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा युरोपियन युनियन (इयू) बाट सहयोग हुने अपेक्षा व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले नेपालको संसद् भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेको उल्लेख गर्दै त्यसलाई प्रविधियुक्त र पेपरलेस बनाउने तथा सांसद र संसद्का कर्मचारीको क्षमता विकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेको बताए।

भेटमा प्रमुख मफीले प्रजातन्त्र नै युरोपेली संसद्को गहना भएको बताउँदै नेपालको संसद्सँग प्रजातान्त्रिक पद्धति बलियो बनाउन आगामी दिनमा आवश्यकताका आधारमा दुईपक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने धारणा राखेका थिए।

ad
ad