Skip This
आजबाट कांग्रेस महासमिति बैठक : २२ सय प्रतिनिधि, पाँच प्रतिवेदनमाथि चारवटा समूहमा छलफल हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आजबाट कांग्रेस महासमिति बैठक : २२ सय प्रतिनिधि, पाँच प्रतिवेदनमाथि चारवटा समूहमा छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:१५:oo

संसद्को ठूलो दल कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित १० फागुनमा सम्पन्न हुने महाधिवेशनको उद्घाटन सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै छन् ।

महासमिति बैठक केन्द्रीय प्रचार समितिले महासमिति उद्घाटनको सम्पूर्ण तयारी भएको जानकारी दिएको छ । उद्घाटनलगत्तै हिमाल, पहाड, तराई र मधेशसहित चारवटा समूहमा विभाजन गरेर समूहगत छलफल सुरु हुनेछन् । बैठकमा प्रस्तुत हुने केन्द्रीय समितिबाट पारित पाँचवटा प्रतिवेदनहरूमाथि छलफल हुनेछ । 

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यसहित देशभरबाट दुई हजार दुई सयभन्दा बढी महासमिति सदस्य सहभागी हुँदै छन् । जसअनुसार महासमिति बैठमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य एक सय ६५ जना, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८० जना, जनसम्पर्क समितिबाट ८९, शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरू सहभागी रहने प्रचार समितिले जानकारी दिएको छ । 

बैठकमा नीति तयारी समितिका संयोजक उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामायिक राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

ad
ad