१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

साहस शाक्यको ‘दार्जिलिङको रेल’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५७:oo

संगीत संयोजक तथा संगीतकर्मी साहस शाक्यले ‘दार्जिलिङको रेलै चढी’ बोलको नयाँ गीत ल्याएका छन्। शाक्यले आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

सुदेश्ना इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको गीतमा चन्द्र चौधरीले ध्वनि सम्पादन गरेका छन्। गीतको रेकर्डिङ सुदेश्ना इन्टरटेन्मेन्ट प्रालि र अकोस्टिक नेपाल एच डी स्टुडियोमा गरिएको हो।

सन्देश थापा (चार्ली)को निर्देशनमा बनेको यो गीतको भिडियोमा सन्देश थापा, रिया क्षेत्री, विवश खत्री र रचना श्रेष्ठको अभिनय रहेको छ। क्यामरा तथा सम्पादन  दिवस धितालको रहेको छ।

ad
ad