१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकका ग्राहकले हेयर एन्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४९:oo

नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एन्ड शान्तिबीच समझदारी भएको हो । 

समझदारीपत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्‍सन विभागका प्रमुख नीरज शर्मा र हेयर एन्ड शान्तिका युनिसेक्स सैलुनकी सञ्चालक विनिता बुढाथोकीले हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने बताइएको छ ।

बैंक र हेयर एन्ड शान्तिबीच भएको समझदारीले ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले देशभर दुई सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

ad
ad