१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

क्यानभासमा रंग लगाएर राष्ट्रिपतिद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीकाे उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:१५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८० को काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच उदघाटन गरेका छन्।

क्यानभासमा रंग लगाएर राष्ट्रपति पौडेलले चित्रकला प्रदर्शनी उद्घाटन गरेका हुन्। सो अवसरमा उनले त्यहाँ राखिएका चित्रकलाको अवलोकन पनि गरेका थिए।

कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो।

१४ देशका ४३ वरिष्ठ चित्रकारहरूको सहभागिता रहेको सो कार्यशालामा सिर्जना गरिएका चित्रसहितका बृहत् चित्रकला काठमाडौंमा प्रदर्शन गरिएको हो।

ad
ad