१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एसएसपीका बडीगार्डका रूपमा प्राप्त पेस्तोलबाट खत्रीले हानेका थिए श्रीमतीमाथि गोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:५६:oo

दाङ प्रहरीमा कार्यरत श्रीमतीको गोली हानेर हत्या गर्ने प्रहरी यमबहादुर झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपीको बडीगार्ड रहेको खुलेको छ ।

तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार झाँक्रीले आज बेलुकी नेपाल प्रहरीको जवान रहेकी दाङमा कार्यरत रहेकी श्रीमतीको गोली हानेर हत्या गरेका थिए । 

एसएसपीको बडीगार्ड भएकाले प्राप्त गरेको पेस्तोल बोकेर दाङ पुगेर खत्रीले प्रहरी जवान धनमाया थापामाथि तीन राउन्ड गोली प्रहार गरेका थिए । 

प्रहरी स्रोतका अनुसार श्रीमति थापाले झाँक्रीसँग सम्बन्ध बिच्छेदको मुद्दा  जिल्ला अदालत दाङमा दायर गरेकी छिन् । लामो समयदेखि खराब सम्बन्धमा रहेका कारण दुवैबीच मिल्ती थिएन । 

उनीहरूका तीन वर्षकी छोरी छन् । छोरी झाँक्रीसँगै बस्दै आएकी छिन् ।  प्रारम्भिक अनुसन्धानको क्रममा झाँक्री चार दिनदेखि भैपरी बिदा लिएर बसेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । 

श्रीमतिमाथि गोली हानेर भाग्दै गरेका वेला उनलाई प्रहरीले लमहीबाट पक्राउ गरेको हो । 

ad
ad