१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६ किलो सुन, ६ किलो चाँदी र ६२ लाख नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५६:oo

६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पाेखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका- २ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखरा-२ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रूपमा काम गर्दै आएका थिए।

भाैमिकले घर भाडामा लिई अवैध सुन ल्याई विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनकाे कोठामा लुकाई राखेकाे सुनका गरगहना, काँचो सुन, चाँदी, नगद र विभिन्न बैंकका चेकसहित नियन्त्रणमा लिएकाे थापाले बताए।

प्रहरीका अनुसार उनकाे साथबाट पाँच किलो दुई सय ग्राम, काँचो सुन, नौ सय ९९.९० ग्रामको एक ढिका (बिस्कुट) एक थान र ५० ग्रामको एक ढिक्का (बिस्कुट) गरी ६ किलो दुई सय ४९.९० ग्राम सुन बरामद गरेको छ।

साथै, उनका साथबाट ६ किलो चाँदी, ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकका ६० लाख रुपैयाँबराबरका १३ थान चेक, मोबाइल, भारतको आधारकार्डलगायत सामान बरामद भएकाे एसपी थापाले जानकारी दिए।

प्रहरी टोलीले २९ माघकाे साँझ भौमिकको कोठामा छापा मारेको थियो। बरामद गरिएका सुन, चाँदी, नगदसँगै अन्य सामग्री संकलन गर्न दुई दिन लागेकाे थियाे।

प्रहरी पुगेलगत्तै भौमिकले सुरुमा घरबेटीको कोठा भनेका थिए। एसपी थापाले भने,  'हामीले हेदै, बुझ्दै र अनुसन्धान गर्दा भौमिककै कोठा हो भन्ने भएपछि कोठामा छापा मार्दा स्रोत नखुल्ने सुन, चाँदी र गहन भेटियाे। उनको यो सुन पसल भन्ने केही खुलेको छैन। हाललाई स्रोत खुलाउन नसकेकाले पक्राउ गरेको हो।'

थापाका अनुसार थप अनुसन्धान राजस्व अनुसन्धान विभागले गर्छ। 

ad
ad