१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:o६:oo

पाल्पाको तिनाउ गाउँपालिका– ६ मा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। 

पाल्पाको तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु. १ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो। प्रमुख जिल्ला अधिकरी आनन्द काफ्लेका अनुसार मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी छ।

गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकाले पहिचानमा समस्या भएको बताइएको छ। प्रजिअ काफ्लेका अनुसार कच्ची सडकबाट खसेर जिप दुर्घटना भएको हो। दुर्घटनाको कारण पनि खुल्न बाँकी छ। 

दुर्घटनाको खबर पाएपछि पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा नै उद्धारमा खटिएका छन्। प्रहरीले स्थानीयसमेतको सहयोगमा घाइतेहरूलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारका लागि पठाएको छ।

ad
ad