१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवाहरूका लागि एकीकृत जीवन उपयोगी सीप विकास तालिम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:३३:oo

एभरेष्ट क्लब दैलेखले पावर परियोजनामार्फत पाँचदिने एकीकृत जीवन उपयोगी सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेको छ। 

माघ २२ देखि २६ गते शुक्रबारसम्म सञ्चालित तालिममा परियोजनाको कार्यक्षेत्र दैलेखको नारायण नगरपालिकाका ३० युवा सहभागी थिए। जसभा महिला २४ र पुरुष ६ जनाको उपस्थिति रहेको थियो।

युवाहरूको ज्ञान सीप तथा धारणाको विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको एभरेष्ट क्लब दैलेखका सदस्य एवं पावर परियोजना फोकल पर्सन दीपक केसीले जानकारी दिए। जीवन उपयोगी ११ वटा सीपलाई प्रयोग गरी तालिम सहजीकरण गरिएको प्रशिक्षक बाबुराम आचार्य र टेकराज न्यौपानेले जानकारी दिए।

तालिमबाट युवाहरूमा कार्यक्रमले विशेषगरी समस्या समाधान, निर्णय लिने क्षमता तथा संवेग नियन्त्रणलगायत ११ वटा जीवन उपयोगी र प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता तथा हरित सीप, हरित मानसिकता र हरित रोजगारीबारे जानकारी पाएको तालिममा सहभागी नारायण नगरपालिका– ४ की कल्पनाकुमारी सुनारले बताइन्।

समापन कार्यक्रममा सहभागी नारायण नगरपालिका सामाजिक शाखा प्रमुख खमबहादुर थापाले एभरेष्ट क्लब दैलेखले सहयोग गरेका कार्यक्रम प्रभावकारी रहेको र समुदायमा सकारात्मक प्रभाव देखिएको बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै नारायण नगरपालिकाकी उपप्रमुख तप्ताकुमारी खड्का थापाले तालिममा छलफल भएका र सिकेका विषयलाई आफ्नो जीवनमा लागू गर्न अनुरोध गरिन्।

सेभ द चिल्ड्रेनको सहयोग र एभरेष्ट क्लब दैलेखको साझेदारीमा पावर परियोजना दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा सञ्चालनमा छ। यस परियोजनामार्फत शिक्षा, जीविकोपार्जन र स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ।

ad
ad