Skip This
मन्थली नगरकप पुरुष भलिबलको उपाधि भटौलीलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २७ शनिबार
  • Saturday, 27 July, 2024
दीपक भट्ट रामेछाप
२o८o माघ २७ शनिबार १८:३८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मन्थली नगरकप पुरुष भलिबलको उपाधि भटौलीलाई

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १८:३८:oo

दोस्रो मन्थली नगरकप रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका– ७ भटौलीले हात पारेको छ।

शनिबार सदरमुकाम मन्थलीस्थित जिल्ला समन्वय समितिको प्रांगणमा मन्थली नगरपालिका– ७ भटौलीले मन्थली नगरपालिका वडा नं १ लाई २५–२२, २५–२३, २५–१९ ले हराउँदै उपाधि जितेको हो। प्रथम स्थान हात पार्न सफल भटौलीले नगर एक लाखसहित रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसैगरी, खेलको उपविजेता मन्थली वडा नं १ ले नगद ७५ हजार प्राप्त गर्दा तेस्रो स्थान हासिल गर्ने मन्थली वडा नं ८ चिसापानीले ५० हजार नगदसहित ट्रफी, सिल्ड र प्रमाणपत्र हात पारेको छ। सान्त्वना पुरस्कारस्वरूप मन्थली नगरपालिका–४ सालुले नगद ३० हजार, ट्रफी, सिल्ड र प्रमाणपत्र पाएको छ।

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो नगरकप खेलकुद प्रतियोगितामा विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३ हजार ५ सय नगद प्रदान गरिएको थियो। बुधबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा मन्थली नगरपालिकाभित्रका १४ वटै वडाबाट खेलाडीहरूको सहभागिता रहेको थियो।

खेल समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतले विजेता खेलाडीहरूलाई संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।