१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कप्तान रोहितको पनि अर्धशतक

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:१८:oo

क्यानाडाविरुद्ध दोस्रो एकदिवसीय खेलमा कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ६७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाएका हुन्।

२१ वर्षीय खेलाडीको यो नवौँ अर्धशतक हो। ५५ खेल खेल्दा उनले एक शतक बनाएका छन्।

पाैडेलसँगै ब्याटिङ गरिरहेका देव खनालले पनि अर्धशतक बनाएका छन्। रोहित र देवबीचको एक सय रनको साझेदारी भएको छ।

यसअघि ओपनर अनिलकुमार शाहले १९ बलमा अर्धशतक बनाउँदै सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान बनाए। अनिलले आसिफ शेखको कीर्तिमान भंग गरेका छन्।

पहिले ब्याटिङ गरेको क्यानाडाले पूरा ५० ओभर खेल्दै नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ।

पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो। नेपाल लगातार दोस्रो खेल जित्दै एक खेलअघि नै शृंखला कब्जा गर्न चाहन्छ।

ad
ad