१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा पहिलोपटक राष्ट्रियस्तरकाे कुरानवाचन प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३६:oo

नेपालमा पहिलोपटक राष्ट्रियस्तरमा कुरानवाचन प्रतियोगिता आयोजना गरिएको छ।

साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको उक्त प्रतियोगिताको आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र नेपालस्थित साउदी राजदूत साद नासिर अब्दुलाहले संयुक्त रूपमा उद्घाटन गरे।

प्रतियोगितामा देशभरिबाट करिब दुई सयभन्दा बढी मुस्लिम छात्रछात्रा (तालिवा)हरू सहभागी छन्।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष अन्सारीले यस्ता कार्यक्रमले मदरसामा पढ्ने छात्रछात्राहरूलाई कुरान सरिफको अध्ययनप्रति रुचि बढ्ने, कुरानका वाक्यहरू सही तरिकाले उच्चारण गर्ने तथा कुरानको वास्तविक सन्देश सर्वसाधारणमा प्रवाह गर्न मद्दत पुग्ने बताए।

आयोगले नेपाली मुस्लिम समुदायको संरक्षण, प्रवर्द्धन तथा उत्थानको लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै अन्सारीले यस्ता कार्यक्रम सहयोग गरेकोमा साउदी सरकारलाई समेत धन्यवाद दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित साउदी राजदूत साद नासिर अब्दुलाहले मुस्लिम छात्रछात्राहरूको क्षमता अभिवृद्धिको लागि यस्तो कार्यक्रममा सहयोग गरेकोमा साउदी सरकार, नेपाल सरकार र मुस्लिम आयोगलाई धन्यवाद दिए। यस्ता कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ हुने उनको भनाइ थियो।

प्रतियोगितामा राष्ट्रिय सभा सदस्य मौलना खालिक सिद्दिकी, आयोगका सदस्यहरू मिर्जा अर्सद बेग, समसुल हक, आयोगका सचिव चण्डीप्रसाद घिमिरे, भारतको दिल्लीस्थित साउदी दूतावासका उपप्रमुख बदर नासिर अल्नाजी, डा. अब्दुल नगी अल्काफीलगायतको सहभागिता रहेको थियो।

आयोगका प्रवक्ता तथा सदस्य बेगले विभिन्न उमेर समूहमा प्रथम, दोस्रो तथा तेस्रो हुने १७ जना छात्रछात्रहरूलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताए।

ad
ad