मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २६ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारी ठगीका अभियुक्तलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १८:३२:oo

सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

काठमाडौंको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो।

बाँकेको नेपालगन्ज घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।