१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

झ्यामोलोङमा हाइड्रोपावरको सेयर एलएस क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४१:oo

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन ३२ मेगावाट क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजनाको निर्माता कम्पनी झ्यामोलोङमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५१ लाख कित्ता सेयर निष्कासनका लागि एलएस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी सञ्चालक सुनीलनारायण श्रेष्ठ तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । निकट भविष्यमा निष्कासन हुने उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिक तथा सर्वसाधारणसमेतका लागि भएको जनाइएको छ । 

जारी पुँजी दुई अर्ब ५५ करोड रुपैयाँ रहेको झ्यामोलोङमा हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको उल्लेख छ । आयोजना निर्माण सम्पन्न गरी यसै आर्थिक वर्षभित्र विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणलाइनमा जोडी विद्युत् वितरण योजना रहेको कम्पनीले जनाएको छ । 

ad
ad