मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २५ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २५ बिहीबार १६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी आँखा अस्पताललाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार १६:o६:oo

लुम्बिनी विकास बैंक लिमिटेडले बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई ‘माइक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुविधाका लागि आउने आँखाका बिरामीहरूलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिदका लागि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए।

बैंकका कार्यकारी अधिकृत नरेशसिंह बोहरा, मुख्य प्रबन्धक दीपक खनाल, शाखा प्रमुखलगायत अस्पतालको तर्फबाट पनि विभिन्न पदाधिकारीको उपस्थिति रहको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए।