१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नेपाली ब्याटरको विकेट लिएपछि खुसी मनाउँदै क्यानडाका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लगातार विकेट गुमेपछि नेपाल दबाबमा, ६२ रन बनाएर कुशल आउट

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o४:oo

क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पछिल्ला ओभरमा लगातार विकेट गुमाएको छ । पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको नेपालले त्यसपछि ५० रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । 

१८.३ ओभरमा ९८ रनको अवस्थामा नेपालले कुशल भुर्तेललाई तेस्रो विकेटका रूपमा गुमाएको हो । जबर्जस्त ब्याटिङ गरिरहेका कुशल ५८ बलमा एक छक्का र नौ चौकाको मद्दतमा ६२ रन बनाएर आउट भए । साद विन जाफरले उनको विकेट लिए । 

त्यसअघि नेपालले अर्का ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई समान आठ रनको अवस्थामा गुमाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित १७ बल मात्र खेलेर पेभेलियन फर्किए । १४.४ ओभरमा उनी आउट हुँदा नेपालको स्कोर ७१ रन थियो । त्यसअघि दसौँ ओभरको पहिलो बलमा ४८ रनको अवस्थामा आसिफ शेख आउट भएका थिए । 

कुशलले आक्रामक क्रिकेट खेलिरहेका वेला अर्को इन्डबाट सम्हालिएर खेलेका आसिफ २४ बलमा आठ रनको अवस्थामा ठूलो सट खेल्न खोज्न क्याचआउट हुन पुगे । उनलाई क्यानडाका उदय भगवानले आउट गरे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट  मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेपछि राम्रो सुरुवात गरेको थियो । तर, पछिल्लो ओभर लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल केही दबाबमा परेको छ । अहिले क्रिजमा भीम सार्की र आक्रामक ब्याटर कुशल मल्ल छन् । भीमले २० बलमा १७ रन बनाइसकेका छन् । ताजा अवस्थामा नेपालले २१ ओभरको खेल सकिँदा एक सय ६ रन बनाएको छ । 

ad
ad