१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङको पुरानकोटमा २८ पिर्के रोटपिङ निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o४:oo

कुल चार लाख ७५ हजार लागतमा निर्माण सम्पन्न

तामाङ समुदायको महान् पर्व २८६०औँ सोनाम ल्होसारको अवसरमा लमजुङको पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निर्माण गरिएको छ । पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले बेँसीसहर नगरपालिका– ४ पुरानकोटमा २८ पिर्के रोटेपिङ निर्माण गरेको हो । पिङको बुधबार बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका छन् ।

पिङको माध्यमबाट मौलिक संस्कृति संरक्षण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, पुरानकोटको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानकोट भित्र्याउने लक्ष्य राखिएको आयोजक बुद्ध मिलन समाज फोस्रेकी अध्यक्ष देवमाया तामाङले बताइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक ल्याउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 

उक्त पिङ कुल चार लाख ७५ हजार लागतमा निर्माण गरिएको बुद्ध मिलन समाजले जनाएको छ । पिङ  निर्माणका लागी बेँसीसहर नगरपालिकाले एक लाख ५० हजार, बेँसीसहर– ४ वडा कार्यालयले २० हजार रुपैयाँ सहयोग गरेको छ। 

सोबाहेक अन्य रकम स्थानीय समुदाय, फोस्रे घर भई हाल स्वदेश तथा विदेशमा रहने स्थानीय, विभिन्न स्थानका तामाङ समुदायका संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगबाट पिङ निर्माण गरिएको कार्यक्रम संयोजक राजकुमार तामाङले बताए । सम्भवः नेपालमै पहिलोपटक पुरानकोटको फोस्रेमा २८ पिर्के पिङ निर्माण गरिएको उनको दाबी छ । 
 

ad
ad