Skip This
नेपाल र क्यानडाबीचको शृंखला आजबाट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २५ बिहीबार
  • Saturday, 27 July, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार o६:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल र क्यानडाबीचको शृंखला आजबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार o६:२९:oo

नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानडाविरुद्ध नेपालले ६ दिनको अन्तरमा तीन खेल खेल्नेछ । युवा खेलाडी सम्मिलित दुवै टोलीले शृंखला जित्ने लक्ष्य राखेका छन् । घरेलु टोलीले अधिकांश युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रशिक्षक मोन्टे देसाईले अधिकांश सिनियर खेलाडीलाई रेस्टमा राखेका छन् । उनले यसपटक युवा खेलाडीलाई अवसर दिएका छन् । नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले नै गर्नेछन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीलाई प्राथमिकतामा राख्दै राष्ट्रिय टोलीमा समावेश गरेको हो । क्यानडाविरुद्ध भिड्न नेपालले दुई दिन अभ्यासको अवसर पाएको थियो । ‘दुई दिनको मात्रै तयारी गरेका छौँ । त्यसअघि प्रधानमन्त्री कपमा व्यस्त थियौँ,’ कप्तान रोहितले भने, ‘पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौँ, खेलाडीबीच तालमेल हुने गरी राम्रोसँग अभ्यास भएन ।’ 

नेपालविरुद्ध देखिँदै पुबुदु
२०१४ मा नेपालले टी–२० विश्वकप खेल्दा पुबुदु दासानायके प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । अहिले पुबुदु क्यानडाका मुख्य प्रशिक्षकका रूपमा नेपाल आएका छन् । प्रशिक्षक पुबुदुले बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यान र पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काको प्रशंसा गरेका छन् । ‘क्यानमा पारस, विनोद दास र मोन्टीजस्ता छन्, यो नेपाली क्रिकेट थप अर्काे स्तरमा पुग्नु हो,’ उनले भने, ‘पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको उपलब्धि नजिकबाट नियालेको छु ।’ पुबुदुले नेपाल आउन सधैँ रमाइलो लाग्ने बताए । क्यानडाका कप्तान साद बिन जाफरले नेपालविरुद्धको खेललाई अवसरका रूपमा लिएका छन् ।

 नेपालको युवा टोली
पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका र यू–१९ टोलीका अधिकांश खेलाडी छन् । यू–१९ का कप्तान देव खनालसहित आकाश चन्द र हेमन्त धामी तथा रिजन ढकाल छन् । देवले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् । आकाश, हेमन्त र रिजनले पहिलोपटक टोलीमा स्थान बनाएका हुन् । यसैगरी, ओपनर अनिलकुमार शाहसँगै पवन सर्राफ र स्पिनर सूर्य तामाङ फर्किएका छन् ।

रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी र भीम सार्कीले निरन्तर पाएका छन् । करण केसी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा टोली छैनन् । कप्तान रोहितले ब्याटिङतर्फ नेपाल बलियो रहेको जनाए । तर, करण केसी नहुँदा बलिङमा केही समस्या आउन सक्ने उनको भनाइ छ । ‘ब्याटिङतर्फ सबै राम्रै छ, तर बलिङमा करण (दाइ) नहुँदा समस्या हुन सक्छ,’ उनले भने ।