१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o माघ २३ मंगलबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १८:१८:oo

मकवानपुरको सान्नानीटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौँडा उपमहानगरपालिका–१९ सान्नानीटारमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गको उक्त सडक खण्डमा वीरगन्जबाट धनगढीतर्फ जाँदै गरेको उक्त बसको पट्टा भाँच्चिएर अनियन्त्रित भई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बोलेरो पिकअप गाडीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा बसमा सवार २६ यात्रुमध्ये ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा बसचालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय मौली राना, बसका सहचालक धनगढी– ३ बस्ने २४ वर्षका अभिशेक शर्मा घाइते भएका छन्।

त्यस्तै, चितवन माडी–५ बस्ने वर्ष ३१ का यमबहादुर दरै, हेटौँडा–११ नवलपुर बस्ने २१ वर्षकी रमा सापकोटा, बारा जितपुर सिमरा–२ बस्ने वर्ष २७ का जीवन लामा, कलैया–२६ महेसपुर बस्ने वर्ष ३० की मञ्जुदेवी कपाली, कपालीका ३ वर्षीय छोरा नितेश कपाली रहेका छन्।

यसैगरी, हेटौँडा–१९ नेवारपानी बस्ने ३२ वर्षकी बिमला श्रेष्ठ, सोही स्थान बस्ने वर्ष २९ की कल्पना श्रेष्ठ, वर्ष ३४ का सुशील श्रेष्ठ र भारत बिहार राज्य पश्चिम चम्पारन–१३ बस्ने ४५ वर्षीय हिरालाल शर्मा घाइते भएका छन्। उनीहरूको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।