![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/gaida2023-03-09-12-28-57.jpeg)
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालू आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन्। मृत भेटिएकामध्ये दुईवटा चोरी सिकारीले मारेका र नौवटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए।
सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा भाले गैँडा बुढो भएर मरेको अवस्थामा भेटिएको थियो। अन्दाजी ३० वर्षको सो गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए।