१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अब संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३३:oo

संघीय संसद्का बैठकमा सांसदहरूको उपस्थिति अब वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरूको विद्युतीय हाजिरी गरी त्यसको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो। यसअघि विद्युतीय र रजिस्ट्रर गरेर दुवै हाजिरीको विकल्प सांसदलाई थियो।

यसैगरी बैठकले आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय पनि गरेको छ।

ad
ad