१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवराज पनेरू डडेल्धुरा
२o८१ बैशाख २१ शुक्रबार o९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डडेल्धुरामा निसास्सिएर दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३२:oo

डडेल्धुरामा निसास्सिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका– १ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए ।

उनका अनुसार मृतक दुवै सासू–बुहारी हुन् । कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेको कारणले निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।

ad
ad