१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
रासस ताप्लेजुङ
२o८१ जेठ ३ बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे : योगेश भट्टराई

Read Time : < 1 मिनेट
रासस, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५२:oo

नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन्। उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सिर्जना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको प्रस्ट पारे।

प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको र यसले कुनै नतिजा नदिने बताए।

कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै उनले इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे।

प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको दाबी गरे।

ad
ad