१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाउँमा मोटर गुड्न थालेपछि घाँस-दाउरा बोक्छन् खच्चड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४२:oo

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन्। टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो।

सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो। टाढा-टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन्। 

स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन्। भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन। 

सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ। सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन्। ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ। ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताए। 

आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उनको भनाइ छ। सबैभन्दा बढी जंगलबाट घाँसदाउरा ओसार्न र बारीमा मल पुर्‍याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताए। गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक रु. ४० हजार बढी कमाउने गरेको उनले सुनाए। 

गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताए। अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पुर्‍याउनै गाह्रो पर्ने उनको भनाइ छ। 
 

ad
ad