बजेट अभावले संसद् सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन्।
संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो दुई बजे सभामुख देवराज घिमिरे र अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्ने तय भएको छ।
बजेट अभावले विधेयकहरूमा छलफल चलाउन कठिनाइ भएको, संसद्लाई कार्यालय समयभित्र सीमित गर्नुपरेको र प्रभावकारी रूपमा काम गर्न नसकिएको गुनासो संसदीय समितिका सभापति तथा पदाधिकारीहरूले गर्दै आएका छन्।