१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पशुपालनबाट जीविकोपार्जन योगदानबारे अनुसन्धान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o८:oo

 कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच पशुपक्षी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवद्र्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषिमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा पशुपक्षीतर्फका सचिव डा. रेवतीरमण पौडेल र संस्थानका सहायक महानिर्देशक सिर्ले तारावालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताले नेपालमा पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागिताका लागि बलियो खाका उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै, यस साझेदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५ देखि २०३५)मा समेत योगदान पुर्‍याउने उद्देश्य राखिएको छ ।

हस्ताक्षर समारोहमा बोल्दै कृषिमन्त्री डा. भुसालले सरकार र संस्थानबीच भएको समझदारीले नेपालको कृषि र पशुपालन क्षेत्रको हितमा सहकार्यलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । त्यस्तै, पशुपक्षीसचिव डा. पौडेलले नेपालको पशुपालन क्षेत्रमा स्थानिय समस्याहरूलाई समाधान गर्न गरिने अनुसन्धानात्मक कार्यहरूलाई स्तरीय र अन्तराष्ट्रिय परिवेश अनुकुल बनाउनु चुनौती रहेको स्थितिमा भएको सम्झौताले आगामी अनुसन्धनात्मक तथा विकास कार्यहरू बढी फलदायी हुने अपेक्षा राखेको बताए ।

संस्थानका सहायक महानिर्देशक तारावालीले सम्झौतापछि उच्च आर्थिक वृद्धिका लागि दिगो उत्पादनमार्फत खाद्य र पोषण सुरक्षाको राष्ट्रिय लक्ष्यले प्रमाणित गरेको कृषि र पशुधन विकासमा नेपालको प्रतिबद्धतालाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास गरेका थिए । संस्थानले विश्वव्यापी रूपमा पशुपक्षीको उत्पादन प्रवद्र्धनलगायत पशुपक्षीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्दै आएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूहअन्तर्गतका १५ वटा कृषि अनुसन्धान केन्द्रमध्ये एकको रूपमा स्थापित संस्थानको केन्यामा मुख्यालय रहेको छ । 

ad
ad