१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियमको मूल्यवृद्धि

खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँ तथा पेट्रोल प्रतिलिटर चार र डिजेल दुई रुपैयाँ महँगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१३:oo

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । भारतको इन्डियन आयल कर्पाेरेसनबाट भाउ बढेर आएपछि निगमको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपैयाँले बढाएर एक सय ५८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डरमा १५ रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ कायम भएको छ ।

ग्यासबाहेकको अरू इन्धनको यो मूल्य काठमाडौं, पोखरा र दिपायलमा लागू हुन्छ । दोस्रो वर्गमा रहेको सुर्खेत र दाङको हकमा यो लिटरमा एक रुपैयाँ सस्तो हुन्छ । दोस्रो वर्गको तुलनामा पहिलो वर्गमा रहेको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, धनगढी र वीरगन्जमा यी इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले कम पर्छन् । भारतबाट पेट्रोल लिटरमा ४.५३ रुपैयाँले र डिजेल २.३२ रुपैयाँले बढेर आएको थियो । त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.७८ रुपैयाँले बढेर आएको थियो । 

ad
ad