१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ बैशाख १८ मंगलबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्ता टिकाउन सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्दै आएको छ : प्रदीप ज्ञवाली

‘सहिद घोषणाको लहर चलाएर सरकारले सहिदको अपमान गर्‍यो’

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:२६:oo

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउनकै लागि सरकारले नेपालको परराष्ट्र नीतिविपरीतका सन्धिहरू गरेको आरोप लगाएका छन्।

सरकार भारतीय कम्पनीले होल्ड गरेको परियोजनाका विषयमा नबोलेको र अन्य देशका संस्थाले लगानी गरेको विद्युत् भारतले खरिद नगर्ने सम्झौतामा हस्ताक्षर गरेको ज्ञवालीको आरोप छ।

अर्घाखाँचीमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारले सत्ता टिकाउन परराष्ट्र नीतिविपरीतका कार्यहरू गर्दै आएको छ। भारतीय कम्पनीहरूले होल्ड गरेर राखेको विद्युत् उत्पादन गर्ने परियोजनाका विषयमा अहिलेसम्म सरकार बोल्न सकेको छैन। उनीहरूले  काम गर्दैनन् र गर्न पनि दिँदैनन्। अन्य व्यक्ति तथा संस्थाले लगानी गरेको विद्युत्र भारतले खरिद नगर्ने सम्झौतामा हस्ताक्षर गर्ने कार्य अहिलेको सरकारले गरेको छ। जसले गर्दा नेपालमा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी गर्ने अवस्था पनि छैन।’

पछिल्लो समय नेपालको राजनीतिमा कालोबादल मडारिएको ज्ञवालीको टिप्पणी थियो। उनले भने, ‘लोकतन्त्र अस्थिरताको सिकार भएको छ। ठूला आन्दोलनले जुन रूपमा जनजीविकामा परिवर्तन ल्याउनुपर्ने थियो, त्यो हुन सकेको छैन।’

यसैगरी, ज्ञवालीले सरकारले सहिदहरूको अपमान हुने गरी सहिद घोषणा गरेको टिप्पणी गरे। ‘सरकारले अहिले सहिद घोषणा गर्ने लहर चलाएको छ। यसले सहिदहरूमाथि अपमान भएको छ। सडक दुर्घटनामा मृत्युवरण भएका, विभिन्न घटनामा ज्यान गुमाएकालाई सहिदको सूचीमा समावेश गर्ने कार्य गरेको छ,’ उनले भने।

ad
ad