१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल–चीन सम्बन्धमा खेल्नेहरू धेरै छन् : सिपिसी उपमन्त्री हाइयान

‘नेपालमा लगानीका लागि नीतिगत सुधार आवश्यक’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४३:oo

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छिन्।

नेपालको तीनदिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तर्क्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको टिप्पणी गरिन्। उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन्।

उपमन्त्री हाइयानले दुवै देशका राष्ट्राध्यक्ष सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारीपत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको उल्लेख गरिन्।

‘मैले यसपटक सिपिसीको नेतृत्व गर्दै धेरै भेटघाट गरेँ। हाम्रो राजदूतले पनि धेरै मेहनत साथ काम गरिराख्नुभएको छ,’ उनले भनिन्, ‘नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ।’

उनले नयाँ परिस्थितिमा नेपाल–चीन सम्बन्ध कस्तो बनाउने ? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने ? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन्। ‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनुभएको छ । यो नेपाललाई पनि महसुस भएको हुनुपर्छ,’ उनले भनिन्, ‘तर एउटै क्षेत्रमा मात्रै भर पर्नुहुँदैन । म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ। तर, त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ।’

छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको उल्लेख गर्दै उपमन्त्री हाइयानले कोभिड मात्रै नभई विभिन्न कारणले नेपालमा चिनियाँ लगानीमा भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भएको स्पष्ट पारिन्।

‘हामी बसेर यसको समाधान गर्नुपर्छ। हामीले धेरैभन्दा धेरै सांस्कृतिक आदानप्रदान गर्नुपर्छ। धेरैभन्दा धेरै छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिने चाहनाअनुरुप काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘जीविकोपार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको बुझेका छौँ। त्यसका लागि पनि हामी काम गरिरहेका छौँ। तर त्यसका लागि नीतिगत सुधार जरुरी छ। यहाँको जनताले त्यो पाउनुपर्छ।’

दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन–नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहको उनको जिकिर थियो। ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ। कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यावहारिक बनाउनुपर्छ।’

ad
ad