१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ जेठ २ बुधबार १३:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा, मोदीसँग मिलेर पुनः सरकार बनाउने चर्चा

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:१९:oo

जनता दल (युनाइटेड)का नेता नीतिश कुमारले आइतबार (जनवरी २८) बिहान बिहारका गभर्नर राजेन्द्र अर्लेकरलाई भेटेर राज्यको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन्।

नीतिश कुमारले गठबन्धन बदलेर पुनः सरकार गठनको दाबी पेस गर्ने भारतीय मिडियाहरूले अनुमान गरेका छन्। बिहारको शक्तिशाली क्षेत्रीय दल ‘राष्ट्रिय जनता दल (आरजेडी)’सँगको हालको गठबन्धन त्यागेर उनले केन्द्रमा सरकार रहेको भारतीय जनता पार्टी (भाजपा)सँग गठबन्धन बनाउने चर्चा छ।

गभर्नरले नीतिश कुमारको राजीनामा स्वीकृत गरेको भारतीय न्युज एजेन्सी पिटिआईले जनाएको छ। राजीनामा दिएपछि पत्रकारहरूसँग बोल्ने क्रममा नीतिशले भने, ‘हामीले विगत डेढ वर्षदेखि ‘इन्डिया’ नामक गठबन्धनमा काम गरिरहेका थियौँ। तर, सोचजस्तो काम भएन। अब हामी नयाँ गठबन्धन बनाउँछौँ। यो अवस्था किन आयो त ? किनभने सबै कुरा ठीकठाक थिएन...  मैले सबैको विचार सुनिरहेको थिएँ। र, तिनको चिन्तनमनन गरेपछि आज सरकार विघटन गर्ने निर्णय गरेको छु।’

नीतिश कुमारले ‘इन्डिया’ गठबन्धन छाडेर भाजपासँग मिल्न सक्ने कुरा गत सातादेखि अड्कलबाजी हुन थालेको थियो। नीतिश कुमारमाथि राजनीतिक विचारधाराको बेवास्ता गरी पटकपटक गठबन्धन बदल्ने कुरामा ‘महारत’ हासिल गरेको आरोप लाग्ने गर्छ। 

सन् २०१७ मा उनले त्यसवेला आफ्नो दलआबद्ध ‘महागठबन्धन’ त्यागेका थिए। त्यसपछि दुई वर्षअघि मात्र उनले भाजपासँगको गठबन्धन तोडेर आरजेडीसँग गठबन्धन बनाएका थिए। भनिन्छ, ती दुवै अवस्थामा उनले गठबन्धनका सहयात्री दललाई अन्तिम समयसम्म आफ्नो कदमको भनकसमेत पर्न दिएका थिएनन्। अहिले पनि उनले सत्तासाझेर आरजेडीका नेता लालु यादवलाई अन्तिमसम्म केही नबताएको चर्चा चलिरहेको छ।

दुई सय ४३ सदस्यीय बिहार विधान सभामा लालुको पार्टी आरजेडी ७९ विधायकसहित सबैभन्दा ठूलो पार्टी हो। तथापि, यो सरकार बनाउन आवश्यक बहुमत भने होइन। त्यसपछि भाजपा ७८ विधायकसहित दोस्रो स्ठानमा छ भने नीतिशको पार्टी ४५ विधायकसहित तेस्रो स्थानमा छ। सन् २०२० नोभेम्बरको विधान सभा निर्वाचन तेस्रो भए नीतिश आरजेडी र भाजपासँग गठबन्धन फेर्दै लगातार मुख्यमन्त्री छन्।

ad
ad