१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४९:oo

राष्ट्रिय सभा निर्वाचनलगत्तै ‘समुदायमा कांग्रेस’ अभियान लिएर जानुको सन्देश के हो ?
यो अभियान आकस्मिक नभई पूर्वनिर्धारित नै थियो । विभिन्न कारणले यसअघि हुन सकेको थिएन । राष्ट्रिय सभा निर्वाचनलगत्तै हामी ‘ग्रासरुट’मा पुग्दै छौँ । यसले जनस्तरका समस्या र समुदायमा कांग्रेसबारेका विचार बुझ्न मद्दत गर्छ । यसअघि पार्टीको विशेष आन्तरिक अभियानका रूपमा केन्द्रित भएर १५ दिने अभियानको तयारी थियो । तर, अब फरक रूपमा जनस्तरमा अन्तरक्रिया गर्नेगरी समुदायमा जाँदै छौँ । यसले जनस्तर र कांग्रेसजनको भावनालाई बुझ्न तथा पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ ।  

नीति अधिवेशनसमेत गर्ने गरी महासमिति बैठक हुँदै छ । यसमा अभियानको महŒव कस्तो रहन्छ ?
कांग्रेसको नीति बनाउने महासमिति बैठकका लागि अभियानबाट प्राप्त सुझाबले धेरै अर्थ राख्नेछ । हामी अभियान समाप्तिसँगै यसको प्रतिवेदन बनाउँछौँ । आएका सुझाबलाई दस्ताबेजीकरण गरेर अधिवेशनका अंग बनाएर जानेछौैँ । नागरिक स्तरको वस्तुस्थितिलाई बुझेर प्रत्येक समुदाय र वर्गका भावनालाई समावेश गरेर जानेछौँ ।

यस अभियानमा कसरी परिचालित हुँदै छन् पार्टीका संरचना ?
हामीले ७७ वटै जिल्लामा केन्द्रका प्रतिनिधि पठाएका छौँ । केन्द्रीय प्रतिनिधिले जिल्लासँग समन्वय गरेर पार्टीका सम्पूर्ण संगठन र भ्रातृ तथा शुभेच्छुक संस्थालाई समुदायमा परिचालन गर्नुहुनेछ । आवश्यकता हेरेर हामी एकै वडामा दुईभन्दा बढी कार्यक्रम बनाएर पनि ग्रासरुटसम्मै पुग्नेछौँ । २६ माघमा अभियान सकिनेछ । अभियानलगत्तै तल्लो धरातल बुझेर र विभिन्न तहका सुझाब समेटेर नीति अधिवेशनतर्फ केन्द्रित हुनेछोँ ।

ad
ad