१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

धादिङ महोत्सवको मुख्य आकर्षणमा र्‍याफ्टिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२५:oo

त्रिशूली नदीमा र्‍याफ्टिङ नवौँ धादिङ महोत्सवको मुख्य आकर्षण बनेको छ। महोत्सव अवलोकन गर्न आउने दर्शकहरूको रोजाइमा जलयात्रा परेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए।

‘महोत्सव अवलोकनमा आइपुगेका सबै दर्शकले जलयात्रा गरून् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले, पनि हामीले सहज वातावरण बनाएका छौँ,’ उनले भने, ‘सस्तो तथा सुलभ मूल्यमा जलयात्रा गर्न पाइन्छ।’ महोत्सव अवलोकन गर्न आउनेहरूका लागि छुट्टाछुट्टै दुईवटा प्याकेज बनाएर र्‍याफ्टिङ गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। उनले भने, ‘घाटबेँसीदेखि महोत्सव स्थलसम्म र्‍याफ्टिङ गर्न प्रतिव्यक्ति पाँच सय र महोत्सव वरिपरि मात्र दुई सयमा र्‍याफ्टिङको मज्जा लिन पाइन्छ।’

धादिङ उद्योग वाणिज्य संघले गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली नदीको किनारमा नवौँ धादिङ महोत्सव आयोजना गरेको हो। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा धादिङमा उत्पादित कृषिजन्य उत्पादन र त्रिशूलीमा जलयात्रालाई प्राथमिकता दिइएको छ।

शनिबारीय प्याकेज बनाएर जलयात्रामा विशेष छुट गरिएको संघका अध्यक्ष थपलियाले बताए। जलयात्राको टिकटले महोत्सव अवलोकन पनि गर्न पाइने व्यवस्था छ। विद्यार्थी र वृद्धवृद्धाले ७० रुपैयाँमै महोत्सव अवलोकन गर्न सक्छन्।

गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली नदीको किनारमा माघ १० गतेदेखि सुरु महोत्सव माघ २१ गतेसम्म चल्नेछ।
 

ad
ad