१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा

आज प्रधानमन्त्री, ओली र नेपाल भेट्दै, सोमबार देउवासँग भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१८:oo

चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार नेपाल भ्रमणमा आइपुगेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो ।

माओवादीको औपचारिक निमन्त्रणामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न टोली आएको हो । नयाँ वर्ष २०२४ सुरुवात भएपछि नेपाल आउने यो नै उच्चस्तरीय चिनियाँ टोली हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी उपमहासचिव पम्फा भुसाल र सचिव गणेश शाह तथा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गरे । प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योया (सरला)लगायत सहभागी छन् ।

‘पार्टीको निमन्त्रणामा उहाँहरू आउनुभएको हो,’ माओवादी सचिव शाहले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले शनिबार प्रधानमन्त्री प्रचण्डलगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । सबै दलका नेतासँग उहाँहरूले भेट गर्ने कार्यक्रम छ ।’ उपमन्त्री सुनले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । टोलीले शनिबार नेपालमा रहेका चिनियाँ लगानीकर्ता एवं उद्यमीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

चिनियाँ टोलीले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यही दिन साँझ उनीहरूले माओवादीका नेताहरूसँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । टोली मंगलबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । 

गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए । उपमन्त्री सुनले १४ माघ (आइतबार)मा प्रमुख पार्टीका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे आयोजित सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपा विदेश विभाग सदस्य शोभित उप्रेतीले राप्रपासहित प्रमुख दलका नेताहरूलाई सेमिनारमा निमन्त्रणा आएको जानकारी दिए ।

ad
ad