१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठामा सिराहाका तीन स्थानीय तहले दिए बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३५:oo

छिमेकी मुलुक भारतको अयोध्यास्थित राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जिल्लाको सिराहा र कर्जन्हा नगरपालिका तथा नरहा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन्।

सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विशेष दिन हर्षोल्लासपूर्वक मनाउन भन्दै तीन स्थानीय तहले आफ्नो पालिका, वडा कार्यालय, पालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरूमा सार्वजनिक बिदा दिएका हुन्।

जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकासहित १७ स्थानीय तहका प्रमुखहरूले सार्वजनिक सूचना, सामाजिक सञ्जालमार्फत घर, मठमन्दिर, चोक–चौराहाको सरसफाइ गरी दीपावली गर्न आह्वान गरेका छन्।

जिल्लाको लहान, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका तथा बरियारपट्टी, नवराजपुर, भगवानपुरलगायतका गाउँपालिका प्रमुखहरूले आ–आफ्नो पालिकावासीलाई घरटोल, मठमन्दिरमा भजन–कीर्तनसहित दीप प्रज्ज्वलन गरी उत्सव मनाउन आह्वान गरेका हुन्।
 

ad
ad