१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री श्रेष्ठले गरे सर्लाही जिल्ला कारागार उद्घाटन

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३८:oo

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही जिल्ला कारागारको उद्घाटन गरेका छन्। आइतबार मन्त्री श्रेष्ठले रिबन काटेर कारागारको उद्घाटन गरेका हुन्। योसँगै सर्लाहीमा ११ वर्षपछि कारागार सञ्चालनमा आएको हो।

कार्यक्रममा संघीय सरकारका खानेपानीमन्त्री महेन्द्र राय यादव पनि सहभागी छन्। गृहमन्त्री श्रेष्ठ शनिबार साँझ सर्लाही आएका हुन्। उनले आइतबार बिहान आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग छलफल गरेका छन्। 
 

ad
ad