१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

चौथो टी–२० मा पनि पाकिस्तान निरीह, न्युजिल्यान्ड सात विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:३३:oo

न्युजिल्यान्डविरुद्धको पाँच म्याचको टी–२० शृंखला गुमाइसकेको पाकिस्तानले चौथो म्याच पनि गुमाएको छ । क्राइसचर्चमा केहीबेरअघि सकिएको चौथो म्याचमा पाकिस्तान सात विकेटले पराजित भयो ।

पाकिस्तानले दिएको एक सय ५९ रन पछ्याएको न्युजिल्यान्डले एघार बल बाँकी रहँदै केवल तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । 

पाकिस्तानका लागि ओपनर विकेटकिपर मोहम्मद रिजवानले ६३ बलमा अविजित रहँदै ९० रन बनाए । दुई छक्का र ६ चौका प्रहार गरेका रिजवानको सानदार ब्याटिङबाहेक अन्य ब्याटरले पाकिस्तानका लागि ठूलो योगदान गर्न सकेनन् । 

मोहम्मद नवाजले नौ बलमा अविजित २१ रन बनाएर रिजवानलाई साथ दिए पनि त्यो पर्याप्त भएन । बाबर आलम १९, एफ्तिखार अहमेद १०, फखर जमान नौ, सहिब्जादा फरहान र ओपनर साइम अयुव एक–एक रन बनाएर आउट भए । 

जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि डरेल मिचेलले ७२ र ग्लेन फिलिप्सले ७० रन बनाएर जित दिलाए । दुवै अविजित रहे । न्युजिल्यान्डको सुरुवात भने निकै खराब भएको थियो । साहिन साह अफ्रिदीले आफ्नो आफ्नो दुई विकेटभित्र तीन विकेट लिएर सानदार सुरुवात दिलाएका थिए । तर, मिचेल र फिलिप्ससामु पाकिस्तानका बलर निरीह बनेपछि सान्त्वना जित पनि दिलाउन सकेनन् । 

ad
ad