१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२१:oo

विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीले ललितपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका हुन् । ललितपुरका लागि आधिकारिक वितरक इको ड्राइभ अटोमोबाइल प्रालिले सोरुम सञ्चालनमा ल्याएको हो । 

नयाँ सोरुम सञ्चालनमा आएँसगै बिवाइडीको विस्तार रणनीतिमा कोसेढुंगाको काम गरेको र विद्युतीय सवारीसाधन प्रविधिमा भएको नवीनतम प्रगति र दिगो यातायातका लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ । 

सोरुमले खरिदकर्ता र ग्राहकलाई ‘वान स्टप सोलुसन’ प्रदान गर्ने बताइएको छ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसनसमेत उपलब्ध हुनेछ ।अत्याधुनिक सोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बिवाइडी एट्टो ३ र भर्सटाइल बिवाइडी डल्फिनलगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारीसाधन हुनेछन् र ग्राहकले त्यहाँ ती सवारीसाधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो नयाँ सोरुमसहित बिवाइडीका नेपालभर १२ सोरुम, नौ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।

ad
ad