१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

५.५० प्रतिशत लाभांश वितरण गर्दै रावा बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४३:oo

राष्ट्रिय वाणिज्य बैंक (रावा)ले सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाले लाभांशसहित आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावसमेत पारित गरेको बताइएको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा–सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकसमक्ष आफ्ना गुणस्तरीय सेवा प्रवाह गर्ने बताए ।

बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिष्कृत गरी सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिहरूको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समयसापेक्ष सुदृढीकरण गर्नेसम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रूपमा अगाडि बढाइएको पनि बताए । 

बैंकका हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा दुई सय ८५ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, तीन सयवटा एटिएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेका छन् । 

ad
ad