१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पुरुषतर्फको ‘द बेस्ट फिफा अवार्ड’ मेसीलाई, महिलातर्फ बोनमटी उत्कृष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२७:oo

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०२३ को फिफा द बेस्ट अवार्ड जितेका छन् । सोमबार लन्डनमा भएको विशेष समारोहमा म्यानचेस्टरसिटीका एर्लिङ हालान्ड र पिएसजीका पूर्वसहकर्मी केलियन एमबाप्पेलाई पछि पार्दै मेसीले पुरुषतर्फको अवार्ड जितेका हुन् । 

महिलातर्फ स्पेनकी ऐटाना बोनमटीले फिफा द बेस्ट २०२३ अवार्ड हात पारिन् । हाल इन्टरमियामीमा रहेका मेसी र सिटीका हालान्डबीच अंक बराबरी भएको थियो । तर, विश्वभरका कप्तानहरूले गरेको भोटिङमा पहिलो स्थानमा रहेकाले मेसीले हालान्डलाई पछि पारेका हुन् । 

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकहरूबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गरिन्छ । 

मेसीले तेस्रोपटक यो अवार्ड उचालेका हुन् । यसअघि उनले सन् २०१६ र २०२२ मा पनि फिफा बेस्ट अवार्ड जितेका थिए । मेसीले अर्को सबैभन्दा प्रतिष्ठित अवार्ड  बालन डि’ओर कीर्तिमानी आठपटक जितेका छन् ।

उत्कृष्ट गोलकिपरतर्फको अवार्ड सिटीका इडरसनले जिते भने सिटीका मेनेजर पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक चुनिए ।

ad
ad