१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हिमालयन टाइम्स मिडियाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३७:oo

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।

गत पौष २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सोसम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार रु. सात करोडबराबरको सात लाख कित्ता साधारण सेयर प्रतिकित्ता रु १०० अंकित मूल्यका सर्वसाधारणलाई निष्कासन गरिने बताइएको छ।

द हिमालयन टाइम्स (टिएचटी) सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्रिका हो।
 

ad
ad