१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरको कटारीमा १५ दिने मैनी मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१७:oo

उदयपुरको कटारी नगरपालिका– २  खोक्सामा १५ दिने मैनी मेला सुरु भएको छ । ककरू, तावा र कमला नदीको संगमस्थल त्रिवेणीमा मैनी (त्रिवेणी) मेला माघे संक्रान्तिदेखि १५ दिन लाग्ने गर्दछ।

ककरू, तावा र कमला नदीको संगममस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको स्थानीय बुढापाकाको भनाइ छ। १० वर्षे सशस्त्र द्वन्द्वअघि माघ महिनाभरि लाग्ने मेला अहिले १५ दिन मात्र हुन थालेको स्थानीय सन्तोष कार्कीले बताए।

मेलामा छिमेकी जिल्ला सिराहा, सप्तरी, सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतबाट समेत तीर्थालुहरू आउने गरेका छन्। यस त्रिवेणीमा माघे संक्रान्तिदेखि मकर नुहाई पूजा–आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ।

ad
ad