मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १ सोमबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिडिई चौधरीलाई घुस मुद्दामा सफाइ, गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १ सोमबार १६:o८:oo

डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख तथा सिडिई जितेन्द्रकुमार चौधरी गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस लिएको मुद्दामा भने सफाइ दिएको छ।

आइतबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार सजाय निर्धारणका लागि १५ माघको पेसी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को फागुन २ र ५ मा चौधरीविरुद्ध दुईवटा मुद्दा दायर गरेको थियो। जसमध्ये एउटामा उनी दोषी पाइएका हुन्।

चौधरीलाई सजाय र बाँकी दुईजनालाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा दुई करोड ४४ लाख ९३ हजार रुपैयाँभन्दा बढी रकम चौधरीले गैरकानुनी तवरले आर्जन गरेको पुष्टि भएको हो। यस कसुरमा उनलाई दुईदेखि ६ वर्षसम्म कैद सजाय हुन सक्छ।

चौधरीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो। चौधरीकी श्रीमती किरण चौधरी छोरा अभिषेक चौधरीलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको थियो। 

उनले विराटनगरको डिभिजन प्रमुख हुँदा एक ठेकेदार कम्पनीसँग कमिसनबापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए। सेवाग्राही कम्पनीहरूबाट आयोजनाका लागि स्वीकृत रकमको निश्चित प्रतिशत रकम गैरकानुनी तवरले सिडिई चौधरीले लिएको खुलेको थियो।

जसपछि अख्तियारले ३५ लाख रुपैयाँ घुस लिएको भन्दै मुद्दा चलाएको थियो। तर, यसमा उनले सफाइ पाएका छन्।