१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४१:oo

ज्योति विकास बैंकको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुस २९ गते आइतबार काठमाडौंको नक्सालमा बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

वार्षिक साधारणसभामा भौतिकका साथै अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरेबमोजिम सेयरधनीहरूले आफ्नो अनुकूलअनुसारको माध्यमबाट उपस्थिति जनाएका बैंकले जनाएको छ।

साधारणसभाले बैंकको आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

साधारणसभाले ज्योति विकास बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ।

सभाले बैंकको आव ०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव ०७९/८० को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ।

समीक्षा अवधिमा नेपाल सरकारलाई राजस्वमा जम्मा रु. ६२ करोड ७५ लाखको योगदान पुर्‍याएको बैंकले जनाएको छ।

ad
ad