१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

 चालू आर्थिक वर्षको ६ महिना ४.९३ खर्ब राजस्व संकलन, ५.६१ खर्ब खर्च

पुसमा उठ्यो एक खर्ब ४६ अर्ब राजस्व, ६ महिनाको लक्ष्यको ७५ प्रतिशत मात्रै राजस्व संकलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५२:oo

चालू आर्थिक कर्षको बजेट कार्यान्यवनको ६ महिना बित्दा सरकारको खर्च र राजस्व संकलन कमजोर देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा लक्ष्यको ७५.६५ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, वार्षिक बजेटको ३२.०३ प्रतिशत मात्रै खर्च भएको छ । 

आर्थिक गतिविधि शिथिलतालाई नजरअन्दाज गर्दै सरकारले चालू आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको ल्याएको थियो । तर, ६ महिना बित्दा सरकारले पाँच खर्ब ६१ अर्ब मात्रै खर्च गरेको महालेखा नियन्त्रकको कार्यालय स्रोतले जानकारी दिएको छ । यद्यपि, यसमा पुँजीगत, चालू र वित्तीय व्यवस्थातर्फ भएको निकासा खुलाइएको छैन । आइतबार मध्यरातसम्म सरकारी कोषका खाता खुला राखिएको छ । त्यसैले खर्च र राजस्वको यकिन तथ्यांक भने सोमबार मात्रै सार्वजनिक हुने कार्यालयले बताएको छ ।  

आइतबार साँझ आठ बजेसम्मको अपडेटअनुसार चार खर्ब ९३ अर्ब राजस्व संकलन भएको छ । जुन पहिलो ६ महिनाका लागि निर्धारित लक्ष्यभन्दा एक खर्ब ५८ अर्ब ६१ करोड ८६ लाख रुपैयाँ कम हो । पुस मसान्तसम्म आयकर र मूल्यअभिवृद्धि करको पहिलो किस्ता बुझाउने समय भएकाले यो महिनामा (खासगरी पुस मसान्ततिर) बढी राजस्व संकलन हुने गरेको छ । 

 अन्य प्राप्ति जोड्दा पाँच खर्ब ११ अर्ब पुग्यो राजस्व
अर्थ मन्त्रालयले आइतबार साँझसम्म पाँच खर्ब ११ अर्बको राजस्व संकलन भएको जानकारी दिएको छ । बजेटको लक्ष्यमा नराखिएको अन्य प्राप्ति शीर्षकको रकमलाई समेत समेटेर अर्थ मन्त्रालयले राजस्वको तथ्यांक सार्वजनिक गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय मुद्राकोषको मापदण्डअनुसार यसलाई राजस्वबाट अलग्गै शीर्षकमा देखाउनुपर्ने हुन्छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो प्राप्तिसमेत जोडेर राजस्व संकलन चार खर्ब ८३ अर्ब पु¥याइएको थियो । महालेखाको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा चार खर्ब ५८ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो । जसअनुसार गत आवको पहिलो ६ महिनाको दाँजोमा अहिले ३४ अर्ब बढी राजस्व उठेको देखिन्छ । 

 पातलिँदै सञ्चित कोष घाटा
मासिक तथ्यांकका आधारमा हेर्दा राजस्व संकलन क्रमशः बढ्दो क्रममा देखिन्छ । मंसिरमा ८६ अर्ब ७८ करोड राजस्व उठेकोमा पुसमा एक खर्ब २९ अर्ब राजस्व संकलन भएको हो । महालेखा नियन्त्रकको कार्यालयअनुसार आइतबार एकै दिन ३४ अर्ब बढी राजस्व उठेको छ । अनुमानित हिसाबले खर्च हुन नसकेको र राजस्वसमेत बढ्दै जाँदा पुस मसान्तसम्म सञ्चित कोष घाटा घटेर ६० अर्बमा झर्ने कार्यालयका अधिकारीहरूको अनुमान छ । जुन तीन दिन पहिलेसम्म एक खर्ब ४० अर्बसम्म पुगेको थियो । सरकारी कोषबाट हुने निकासाको तुलनामा आम्दानी कमजोर भएपछि सञ्चित कोष घाटा चुलिँदै जाँदा सरकारको नियमित भुक्तानीसमेत प्रभावित बनेको थियो । 

 लक्ष्य भेट्टाउनै सकस
सरकारले हरेक वर्ष बजेटमा निर्धारित राजस्वको लक्ष्यलाई मासिक रूपमा निर्धारण गर्दै आइरहेको छ । यो वर्ष वार्षिक बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखमध्ये १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख राजस्वबाट व्यहोर्ने महŒवाकांक्षी लक्ष्य सरकारले राखेको छ । तर, पछिल्लो समय कमजोर मागका कारण बजार चलायमान बन्न नसकेर उद्योगधन्दा प्रभावित भइरहेको अवस्थामा सरकारको राजस्व संकलनमा असर परेको छ । जसअनुसार राजस्व संकलन लक्ष्यको तुलनामा ज्यादै कमजोर देखिन्छ । 

आर्थिक वर्षको सुरुवाती महिना साउनमा लक्ष्यको तुलनामा १४ अर्ब ६२ करोड ९२ लाख कम राजस्व उठेको थियो । भदौमा यो अन्तर २४ अर्ब ६९ करोड ३९ लाख थियो भने असोजमा चाडबाडकेन्द्रित मागले आयात बढेपछि राजस्व संकलन र लक्ष्यको अन्तर घटेर १७ अर्ब २७ करोड ५७ लाख पुगेको थियो । तर, कात्तिकमा एकाएक लक्ष्य र संकलनको अन्तर बढेर ३८ अर्ब १२ करोड पाँच लाख पुग्यो । त्यसपछि मंसिरमा यो अन्तर घटेर पाँच अर्ब ९८ करोड पुगेको थियो । तर, वर्षकै अधिक राजस्व संकलन हुने महिना पुसमा आइपुग्दा पनि राजस्व संकलन र लक्ष्यबीचको अन्तर ५७ अर्ब ९१ करोड ८५ लाख पुगेको छ । समग्र ६ महिनामा यो अन्तर एक खर्ब ५८ अर्ब ६१ करोड ८६ लाख पुगेको छ । 

ad
ad