मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २९ आइतबार
  • Tuesday, 11 March, 2025
२o८o पौष २९ आइतबार १८:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर-मावि भलिबल प्रतियोगिताको उपाधि एड्भान्स एकेडेमीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २९ आइतबार १८:५४:oo

धादिङ जिल्लास्तरीय अन्तर-माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि एड्भान्स एकेडेमीले हात पारेको छ।

प्रतियोगितामा नलाङ पात्ले माध्यमिक विद्यालय उपविजेता बनेको छ भने पशुपति माध्यमिक विद्यालय र बागेश्वरी माध्यमिक विद्यालय तेस्रो घोषित भए। विजयी विद्यालयहरूलाई क्रमशः नगद ५० हजार, ३० हजार र सात हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

‘खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मूल नाराका साथ नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले प्रतियोगिता आयोजना गरेको हो।