१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा हेलिकोप्टरबाट दुई हजार क्विन्टल चामल ढुवानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४१:oo

हुम्लामा हेलिकोप्टरबाट चामल ढुवानी सुरु भएसँगै हुम्लाका नागरिकलाई सहज भएको छ। दसैँयता खाद्यको सिमकोट शाखामा खाद्यान्न मौज्दात कम भएको थियो।

मंसिर ८ देखि सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट सर्केगाड गाउँपालिका– ३ को घिउसी र वडा नम्बर २ को ल्याप्च्याबाट चामल ढुवानी सुरु भएपछि हुम्लीलाई खाद्यान्न आपूर्तिमा सहज भएको हो।

आव ०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत भएको थियो। नियमित जहाजले उडान नगरेपछि नेपालगन्ज, सुर्खेतबाट १०१ क्विन्टल चामल मात्रै ढुवानी भएको थियो। 

अहिलेसम्म हेलिकोप्टरबाट दुई हजार ३०१ क्विन्टल चामल ढुवानी भएको खाद्य संस्थान सिमकोट शाखाका सुब्बा नवीन आचार्यले जानकारी दिए। उनका अनुसार चामल ढुवानीका लागि अहिले दैनिक २५ उडान भइरहेका छन्। यस्तै, स्थलमार्ग हुँदै नेपालगन्जबाट ५८५ क्विन्टल, सुर्खेतबाट ३ सय क्विन्टल र धनगढीबाट एक क्विन्टल चामल ढुवानी भएको उनले बताए ।

ढुवानी हुने १४ हजार क्विन्टल चामलमध्ये हवाई र स्थलमार्गबाट गरी कुल ३ हजार ४३५ क्विन्टल चामल सिमकोट पुगेको आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए।

ढुवानी सुरु भएपछि सिमकोट गाउँपालिकामा चामल बिक्री भइरहेको छ। माघ २ गते वडा नम्बर ६, ३ गते बजारमा होटेल पसल गर्दै आएकाहरू र ४ गते कर्मचारीलाई बिक्री वितरण गरिने आचार्यको भनाइ छ।

ad
ad