१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आइसिएफसी फाइनान्सको ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:५६:oo

आइसिएफसी फाइनान्स लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। आइतबार आम्रपाली ब्यांक्वेट काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७९-८० को मुनाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। 

वार्षिक साधारणसभाले आर्थिक वर्ष ०८०-८१ को लागि बाह्य लेखापरीक्षकमा एन. अमात्य एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ। सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टरार्ई आगामी चार वर्षको लागि निर्विरोध चयन भएका छन्।

चुक्ता पुँजी रु. एक अर्ब अठार करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा, एक एक्सटेन्सन काउन्टर र २१ वटा एटिएममार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिँदै आएको छ।

ad
ad